Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

Adarsha Secondary School ज्ञान • अनुशासन • सेवा

अम्बिका श्रेष्ठ

अम्बिका श्रेष्ठ आदर्श मा बि लायकू, मध्यपुर ठिमी नगरपालिका ४ मा अवस्थित प्राथमिक द्वितीय श्रेणीको शिक्षकको रूपमा लामो समय देखि समर्पित भई काम गर्दै आउनु भएको एक कर्मठ, अनुभवी तथा सेवाभाबी शिक्षिका हुनुहुन्छ । नयाँ बानेश्वर काठमाडौंकाे श्री रत्न राज्य मा बि बाट २०४३ सालमा एस एल सी परीक्षा उतिर्ण गर्नुभएको थियो । २०४३ साल भाद्र १ गतेदेखि यश आदर्श मा बि लायकू, ठिमिमा निजी शिक्षकको रूपमा आफ्नो शिक्षणयात्रा शुरू गर्नु भएको थियो । शिक्षण प्रतिकाे निरन्तर समर्पण र अनुभवका क्रममा २०४५ सालमा अस्थायी सरकारकाे काेटा पाएर निरन्तर काम गर्दै जानू भएको थियोे । २०४८/७/३० गते उहाँले प्रा बि तहको नेपाल सरकारद्वारा सञ्चालित शिक्षक सेवा परीक्षामा उतिर्ण भई प्रा बि तहको स्थायी शिक्षकको रूपमा सेवा प्रवेश गर्नु भएको थियोे । त्यस यता उहाँले प्राथमिक तहका बिज्ञान र अंग्रेजी बिषयहरूमा अध्यापन गर्दै बिध्यार्थीहरूकाे शैक्षिक बिकासमा निरन्तर याेगदान पुर्‍याउदै आउनु भएकाे छ। श्रेष्ठको शिक्षण पेशा केवल राेजगारीकाे माध्यम नभई बिध्यार्थीहरूकाे भविष्य निर्माणको लागि सामाजिक जिम्मेवारी हाे । उहाँले बेला बखतमा आफ्नै खर्चबाट सहयोग गर्दै आउनु भएकाे छ । लामो समय देखि एउटै बिधालयमा शिक्षण सेवा गर्दै बिध्यार्थी , बिधालय र समुदायको हितमा निरन्तर याेगदान पुर्‍याउदै आउनु भएकाे अम्बिका श्रेष्ठ हाल प्रा बि ईन्चार्ज पनि हुनुहुन्छ । उहाँको सेवाभाव बिधार्थीहरू प्रतिकाे आत्मियता र बिधालयप्रतिकाे समर्पण प्रेरणादायी रहेको छ।